६ श्रावण २०८३, बुधबार

मध्यराति हतियारसहित आएको समूहले बुद्वचित्तको रूख नै काटेर लग्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । काभ्रेको रोसीमा गएराति हतियारसहित आएको एक समूहले बुद्धचित्तको रुख नै काटेर लगेको छ ।

बिस्फोटक पदार्थसहित १५/२० जनाको समूहले रोसी गाउँपालिका-५ नागबेली निवासी ठाकुरानी तामाङको बगैँचामा रहेको एउटा बहुमूल्य बुद्धचित्तको रुख काटेर लगेको हो ।

फूल फुल्दै गरेको बुद्धचित्तको रुख काटिएको प्रहरीले जनाएको छ । उक्त समूहले तामाङको घरका ढोका र आँगनमा ४ वटा सकेट बम पनि छोडेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

सकेट बमसँगै जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट पनि फेला परेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।