२४ असार २०८३, बुधबार

एप्पलले आइफोन प्रयोगकर्तालाई भन्यो, ‘तपाईंको मोबाइलको जासुसी भइरहेको छ’

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यार्लिफोनिया, ३० चैत । एप्पलले आफ्ना आफ्ना आइफोन मोबाइलमा जासुसी भइरहेको जनाएको छ ।

कथित पेगासस जस्तो स्पाइवेयरले एप्पलको आइफोनमाथि जासुसी गरेको भन्दै अलर्टको चेतावनी दिएको हो । विश्वका ९१ देशका आइफोन प्रयोगकर्ताहरूलाई फेरि एकपटक चेतावनी दिदैँ आइफोन पेगासस आक्रमण जारी रहेको जनाएको हो ।

एप्पले मेसेज पठाए लगत्तै हंगामा मच्चियो तर पछि कम्पनीले यसलाई कुनै राज्यले प्रायोजित गरेको भन्दै अस्वीकार गरेको थियो ।

गत बुधबार रातिको घटनाको बारेमा कुरा गर्दा प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन् । तर, उनीहरूको दर्ता गरिएको इमेलमा यो कथित जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ ।