
काठमाडौं, २९ चैत । नेकपा (एमाले) की केन्द्रीय कमिटी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले मुलुकका हरेक परिवर्तनको नेतृत्व एमाले पार्टीबाटै भएको र एमालेले अंंगालेको नीति, विचार र अडानका कारण आज मुलुक सहि बाटोमा हिंड्न सकेको बताउनुभएको छ ।
आज नेकपा (एमाले) रुकुमपूर्वको नवौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सचिव अर्यालले देशका मुख्य आन्दोलन एमालेकै अगुवाई र योजनामा सफल भएको बताउनुभएको हो ।
इन्चार्ज अर्यालले नेकपा एमाले पहिचान विरोधी नभएको र सबै जाति, भाषा, लिङ, धर्म, संस्कृति, धार्मिक सहिष्णुतासहितको सद्भाव र एकता कायम हुने गरी एकताबद्ध समाज र राष्ट्र निर्माण हुनुपर्छ भन्ने विचारले अघि बढेको उहाँले स्पष्ट पार्नुभयो ।
अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय पोलिटब्यूरो सदस्य खेममान खड्का, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय कमिटी सदस्य तथा रुकुम पूर्व इन्चार्ज नवीन रोकामगर, केन्द्रीय सदस्य यमुना रोका, केन्द्रीय सल्लाहकार नन्दलाल शर्मा, छिमेकी जिल्ला रोल्पा अध्यक्ष अमृत बुढा, रुकम पश्चिम अध्यक्ष नन्दराम देवकोटालगायतले बिगतका समीक्षा र आगामी कार्ययोजना बनाउने यो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको इतिहासलाई पनि कायम राख्ने बताउनुभएको थियो ।








प्रतिक्रिया