३१ असार २०८३, बुधबार

राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो : राजेन्द्र लिङदेन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको छ । राजनीतिलाई मान्छेहरुले, राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो, छोराछोरी पाल्ने पेशा जस्तो मानिराखेको बेलामा राजनीति भन्ने बित्तिकै मान्छे डराउन बेलामा गंगादेवी त्यस्तो नाम हो, जसले राजनीतिलाई पेशा नभइ सेवाको रुपमा अवलम्वन गर्नुभयो ।’

उहाँले राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना भएको बताउनुभयो ।