
ताप्लेजुङ, २९ चैत । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल-चीन सिमाना ताप्लेजुङको ओलाङचुङ्गोलामा पुगेर स्थानीयसँग सवांद गर्नुभएको छ ।
उहाँ आज ओलाङचुङगोला पुग्नभएको हो । सो स्थानको वस्तुस्थिति बुझ्न बिहीबार ओलाङचुङ्गोला पुग्नुभएका अध्यक्ष ओलीले स्थानीयसँग स्थानीय समस्या तथा सम्भावनाका विषयमा संवाद गर्नुभएको हो ।
अध्यक्ष ओलीसँगै पार्टी सचिव योगेश भट्टराई, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि ओलाङचुङगोला पुग्नुभएको हो।
यसैबीच अध्यक्ष ओलीले सदरमुकाम फुङलिङमा पार्टी कार्यालयको उद्धघाटनसमेत गर्नुभयो ।









प्रतिक्रिया