५ श्रावण २०८३, मंगलबार

नेपाली सेनाको प्रवक्तामा सहायक रथी केसी

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले पाउनुभएको छ ।

पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा संगठनको प्रवक्ताको जिम्मेवारी दिएको हो।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जंगी अड्डास्थित सैनिक अभिलेखालमा सरूवा भएको छ। उहाँले केही दिनमा सहायक रथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नुहुनेछ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना विसं २०५८ चैत २० गते भएको हो।