
पोखरा, २९ चैत । गण्डकी प्रदेश सरकारले दुईवटा मन्त्रालय फुटाउने निर्णय गरेको छ ।
गएको मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले दुईवटा मन्त्रालय थप गर्ने निर्णय गरेको हो ।
हाल सातवटा मन्त्रालय रहेकामा अब नौ वटा हुनेछन् । जसअनुसार दुईवटा मन्त्रालय थप्न सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहतको आन्तरिक मामिलालाई फुटाएको हो ।
यसअघि अघिल्लो वर्ष मुख्यमन्त्री हुँदा खगराज अधिकारीले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गर्नुभएको थियो ।








प्रतिक्रिया