३० असार २०८३, मंगलबार

इद मुवारक (फोटो फिचर)

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज इस्लाम धर्मावलम्बीहरूले इद पर्व मनाउँदै छन् । एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले इद उल फित्र अर्थात् इद पर्व मनाउने गर्दछन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ ।

आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह)मा गएर नमाज पढ्ने, एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

काठमाडौंको बागबजारस्थित जामे मस्जिदमा पनि विहानैदेखि भीड लागेको छ । आज बिहानैदेखि जम्मा भएका मुस्लिम समुदायका केटाकेटीदेखि बुढाबुढीले मस्जिदमा नमाज पढ्ने र एकाआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।

तस्वीरहरु: विजेन अमात्य