आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

अमेरिकाले युक्रेनलाई सघाउन पठायो हतियार

दैनिक नेपाल २०८० चैत २८ गते २१:३९

काठमाडौं, २८ चैत । अमेरिकाले युक्रेनलाई सहयोग गर्न हतियारको ठूलो खेप पठाएको छ । यसले युक्रेनलाई रुसविरुद्धको लडाइमा मद्दत गर्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।

यी हतियारहरू अमेरिकी सेनाले चारवटा जहाजबाट बरामद गरेको थियो । सेनाका अनुसार यी हतियारहरू इरानले यमनका हुथी विद्रोहीहरूलाई पठाएको थियो । अमेरिकी नौसेनाले हजारौं असल्ट राइफल र १० लाखभन्दा बढी राउण्ड गोला बारुद बरामद गरेको थियो ।

गतवर्षदेखि बाइडेन प्रशासनले जफत गरेको हतियारलाई युक्रेनी सेनालाई कानुनी रूपमा पठाउने काम भइरहेको छ । युक्रेनलाई सहयोग गर्न अमेरिकाले इरानबाट जफत गरिएका पाँचहजार भन्दा बढी एके–४७, रकेट लन्चर र हजारौं राउण्ड गोलीबारी पठाएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले घोषणा गरेको छ । वास्तवमा, युक्रेनले रुस विरुद्धको युद्धमा हतियार र युद्ध सामग्रीको गम्भीर अभावको सामना गरिरहेको छ ।

युएस सेन्ट्रल कमाण्ड सेन्टकमले अप्रिल ४, २०२४ मा अमेरिकी सरकारले युक्रेनको सशस्त्रबललाई पाँचहजार भन्दा बढी एके–४७ मेसिन गन, स्नाइपर राइफल, आरपीजी–७ र ५ लाखभन्दा बढी राउण्ड गोलाबारुद हस्तान्तरण गरेको बताएको छ । सामाग्री को यो मात्रा एक युक्रेनी ब्रिगेड को लागि पर्याप्त छ ।

प्रतिक्रिया
सम्बन्धित