
काठमाडौं, २८ चैत । नेकपा (एमाले) ओखलढुंगा जिल्लाको अध्यक्षमा जीबी खड्का निर्वाचित हुनुभएको छ ।
दशौँ जिल्ला अधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँले अध्यक्षका अर्का प्रत्यासी हर्कबोल राईलाई ११ मतले पराजित गर्नुभएको हो । खड्काले १४४ मत पाउँदा हर्कबोलले १३१ मत मात्रै पाउनुभयो ।
यस्तै, उपाध्यक्षमा कमल न्यौपाने विजयी हुनुभएको छ । उहाँले झम्कहरी बडाललाई पराजित गर्नुभयो । जिल्ला कमिटीको सचिवमा अशोक थापा निर्वाचित हनुभयो भने उपसचिवमा अस्मिता थापा र राजीव कटवाल विजयी हुनुभयो ।
अधिवेशनको उद्घाटन एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको थियो ।












प्रतिक्रिया