
काठमाडौं, २८ चैत । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ ।
एमाले र माओवादीका ५२ सांसदहरूले प्रदेशसभाको विषेश अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई निवेदन दिनुभएको थियो । संविधानमा प्रदेशसभाका एकचौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरूले निवेदन दिए विषेश अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।
‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूको मिति २०८०/१२/२६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम संवत् २०८१ साल वैशाख ६ गते बिहीबार दिनको १ः०० बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया