
काठमाडौं, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बन्नुभएकी विमला घिमिरे विजयी हुनुभएको छ ।
बुधबार राष्ट्रियसभामा भएको मतदानमा उहाँले ३९ मत पाएर विजयी हुनुभएको हो । उहाँलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो ।
यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिनुभएको थियो । यसअघि कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिनुभएको थियो ।








प्रतिक्रिया