
काठमाडौं, २८ चैत । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले ०४७ सालदेखि सार्वजनिकलाभको पदमा बसेका सबै माथि निष्पक्ष छानबिन गर्न अधिकार सम्पन्न न्यायिक समिति बनाउनुपर्ने माग राख्नुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले २०४७ सालपछि न्यायपालिका, व्यवस्थापिका तथा कार्यपालिकामा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘मसरकारसँग माग गर्न चाहन्छु । ०४७ सालदेखि जो लाभको पदमा बसेको छ, सरकारमा गएको छ । चाहे त्यो कार्यपालिकामा गएको होस्, त्यो न्यायपालिका र व्यवस्थापिकामा नै किन गएको न होस् । सुरक्षा निकायमा हुन् या कर्मचारीतन्त्रमा गएका हुन् । उसको निस्पक्ष, न्यायिक छानबिन गर्नुपर्दछ ।’
देशको आधाभन्दा बढी बजेट विदेश गएको र आधा बजेट नेता र कर्मचारीहरुले भ्रष्टाचार गरी सक्दा देश बर्बादीतर्फ गएको उहाँको टिप्पणी छ ।
उहाँले भन्नुभयो, ‘देश त्यत्तिकै यो हालतमा गएको होइन । यो देशको आधाभन्दा बढी पैसा विदेशमा गएको छ । आधाभन्दा बढी पैसा नेता र कर्मचारीले लुटेको छ । यसको छानबिन हुनुपर्छ । संसदीय छनबिनमा एमाले, कांग्रेस, माओवादी र राप्रपा लगायतले मिलोमतो गर्ने गर्दछन् । अधिकार सम्पन्नन्यायिक समिति बन्नु पर्दछ ।’








प्रतिक्रिया