१२ असार २०८३, शुक्रबार

समाजवादी भोलेन्टियर्सको अध्यक्षमा तारा विश्वकर्मा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी भोलेन्टियर्स अर्गनाइजेसनको केन्द्रीय समिति गठन भएको छ ।

काठमाडौंको खुसिबुस्थित नेपाः ब्यांक्वेटमा भएको भेलाले तारा विश्वकर्माको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको हो ।

भेलाले संगठनको विधान पारित गरेको छ । आपतकालीन उद्धार, विपद् व्यवस्थापन, भ्रष्टाचार निवारण आन्दोलनमा प्रतिबद्ध हुँदै संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद निर्माणको दिशामा अगाडि बढ्न यो अर्गनाइजेसन बनाइएको बताइएको छ  ।

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ, परशुराम बस्नेत राजनीतिक समिति सदस्य विद्युत बज्राचार्य, रेखा यादवलगायत नेताहरु सहभागी हुनुहुन्थो ।