३१ आश्विन २०८३, शनिबार

निलम्बित नाइजेरियन मन्त्रीबाट लुकाइएको २४ मिलियन डलर बरामद

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नाइजेरियाले निलम्बित मन्त्रीबाट ३० अर्ब नाइरा (२४ मिलियन) बरामद गरेको छ ।

मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडु विरुद्ध चलिरहेको भ्रष्टाचार अनुसन्धानको भागको रूपमा ३० अर्ब नाइरा (२४ मिलियन अमेरिकन डलर) बरामद गरेको हो । नाइजेरियाको वित्तीय निगरानी संस्थाका अनुसार उक्त रकम ५० भन्दा बढी बैंक खातामा फेला परेका थिए ।

मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडुलाई गत जनवरीमा सार्वजनिक पैसाको ६ लाख ४० हजार अमेरिकन डलर व्यक्तिगत बैंक खातामा फेला परे पछि निलम्बन गरिएको थियो । राष्ट्रपति बोला टिनुबुले त्यसपछि उहाँको मन्त्रालय र उहाँमाथि छानबिन गर्न आदेश दिनुभएको थियो ।

त्यसबेला ३७ वर्षीय डा एडुले कुनै गल्ती गरेको अस्वीकार गर्दै आउनुभएको थियो तर उहाँको कार्यालयले उहाँको नाममा नभएको व्यक्तिगत खातामा स्थानान्तरणलाई अनुमोदन गरेको खुलेको थियो ।

आर्थिक र वित्तीय अपराध आयोगले करिब ६ हप्ताको अनुसन्धान पछि धेरै प्रमाणहरू फेला पारेको थियो ।

‘अहिले हामीले ५० भन्दा बढी बैंक खाताहरू छानबिन गरिरहेका छौँ, जसमा हामीले उनको पैसा फेला पारेका छौं, यो कुनै बच्चाको खेल होइन, यो ठूलो कुरा हो ।’ वित्तीय आयोगका अध्यक्ष ओला ओलुकोयेडेले एजेन्सीसँग भन्नुभयो ।