
काठमाडौं, २७ चैत । कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा २ अनुसार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।
कँडेललाई मुख्यमन्त्री बनाउन माग गर्दै नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख परियारसमक्ष दाबी पेस गरिएको थियो ।
कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाउनुभएको हो ।













प्रतिक्रिया