१३ कार्तिक २०८३, शुक्रबार

२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ : रास्वपा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताउनुभयो ।

उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको उहाँले बताउनुभयो ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

अब संसदको अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छ।