
काठमाडौं, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गर्नुभएको थियो । सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशिला थिङले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही किन हुदैन ? भन्दै प्रश्न गर्नुभएको छ ।
उहाँले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो ? भन्दै प्रश्न समेत गर्नुभएको छ । सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारवाहीको दायरामा आउनुपर्ने माग गर्नुभयो ।
सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसदमा सुनाउनुभएको थियो । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका हुन् ।








प्रतिक्रिया