
विराटनगर, २६ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन बहुमत सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गर्नुभएको छ ।
आज पाटी संसदीय दलका नेता कार्कीसहित नेताहरूले आज प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गर्नुभएको हो ।
मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाइसकेकोले कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न मुख्यमन्त्री पदमा नियुक्त गर्न आग्रह गरिएको छ ।








प्रतिक्रिया