
ओखलढुंगा, २६ चैत । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले एमाले बाहेक देशमा अरू सच्चा दल नभएको बताउनुभएको छ ।
एमाले ओखलढुंगाको दशौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै राईले एमाले बाहेक अरू कुनै पनि दलहरूको स्पष्ट नीति र उदेश्य नरहेको बताउनुभएको हो ।
आफूलाई मात्रै नभई सबैलाई सही बाटोमा, सही दिशामा हिँड्ने र हिँडाउने एकमात्रै पार्टी एमाले भएको प्रमाणित भएको उहाँको भनाइ छ । एमाले सत्ता पक्षमा हुँदा मात्रै नभई प्रतिपक्षमा हुँदा पनि राष्ट्रिय राजनीतिको केन्द्र भागमा सदैव उभिने गरेको उहाँले स्पष्ट पार्नुभयो ।
अहिले एमालेका कारण अपवित्र, अलोकतान्त्रिक गठबन्धन कारण उहाँले बताउनुभयो । एमालेलाई घेराबन्दी गर्न बनेको गठबन्धन देशी विदेशी शक्तिको योजनामा बनेको राष्ट्रहीत विपरीतको रहेको उहाँले स्मरण गर्नुभयो ।
उहाँले कुनै पनि प्रकारको द्विविधा नराखीकन स्पष्ट ढंगले बोलेर कार्यकर्ता पंत्तिलाई हिँडाउने देखि जनतासँग जोड्ने अगुवाई सिंगो पार्टी पंत्तीले गर्नुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।








प्रतिक्रिया