२४ असार २०८३, बुधबार

करप्टेड र फ्रस्टेटेड मान्छे एमाले हुन सक्दैन : ईश्वर पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, २६ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले करप्टेड र फ्रस्टेटेड मान्छे नेकपा एमाले हुन नसक्ने बताउनुभएको छ ।

आज ओखलढुंगामा दशौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेभित्र कोही करप्टेड र फ्रस्टेटेड मान्छे छ भने त्यो एमाले हुन नसक्ने बताउनुभएको हो ।

करप्टेड र फ्रस्टेटेडबाट पार्टी बचाउनपर्नेमा उहाँले जोड दिनुभयो । एमाले पार्टीको झण्डा उठाएर, टोली लगाएर अनेक खालका विचौलिया, अनियमितता, बेथितिको काम गर्छ भने त्यो एमालेलाई नचाहिँने र कोही झक्किएर करप्टेड भए त्यो पार्टीमा नरहने स्पष्ट पार्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले निर्वाचनमा जिते पनि हारे पनि विकास निर्माण, शुसासन, रोजगारी, सामाजिक सुरक्षा, युवाहरूलाई रोजगारी एमालेको मुद्वा हुने बताउनुभयो ।

अर्को प्रशंगमा उहाँले अहिले पार्टीमा प्रतिस्पर्धा गर्न चुनाव लड्न तयार भइहाल्ने तर चुनाव लडेपछि त्यसबाट प्राप्त परिणाम स्वीकार्न अप्ठ्यारो मान्ने प्रवृत्ति रहेको धारणा राख्नुभयो ।

एघारौँ अधिवेशनसम्म जाँदा सिंगो ओखलढुंगाका पार्टी पंत्तिलाई पार्टीप्रतिको आस्थाको डोरी नचुँडाउन उहाँले आग्रह गर्नुभयो ।