
विराटनगर, २६ चैत । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसअन्तर्गत माओवादीबाट मन्त्री रहनुभएका तीनजनाले राजीनामा दिनुभएको हो ।
खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाउनुभएको हो ।
आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।








प्रतिक्रिया