११ असार २०८३, बिहिबार

आर्मीको ब्यारेकबाट सल्किएको आगोले जंगलनै सखाप, चारजना जवान घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । डोल्पा सदरमुकाम दुनैमा नेपाली सेनाको ब्यारेकबाट सल्किएको आगोले जंगलनै सखाप बनाएको छ ।

ब्यारेकबाट आगो ठूलीभेरी नगरपालिका–४ स्थित मष्टा भवानी सामुदायिक वनमा फैलिएको थियो। दुनैस्थित सेनाको देवीदत्त गण ‘क’ भदालेका सैनिक जवानहरूले ब्यारेकको फोहोर व्यवस्थापनका क्रममा आगो जंगलमा सल्किएको हो ।

आगो निभाउने क्रममा चारजना सैनिक जवान घाइते भएका छन् । घाइते चारैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको जानकारी दिइएको छ ।