१४ असार २०८३, आइतबार

प्रदीप पौडेलको प्रश्न– निर्दोष छु भन्नेहरू छानबिनका लागि तयार किन नभएको ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । नेपाली कांग्रेसका सांसद प्रदीप पौडलेले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् ? भन्ने प्रश्न गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले कांग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको ? भन्दै प्रश्न गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त रु निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन र हट्दैन ।’