२७ असार २०८३, शनिबार

कांग्रेसको संसदीय कार्यसमिति र दलको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

कांग्रेसले मंगलबार बिहान ७:३० बजे संसदीय दल कार्यसमितिको र बिहान ८ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जानकारी दिएको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नतामा संसदीय छानबिनको माग कायम राखेको छ र मंगलबार बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

बैठकमा यस प्रकरणलाई थप सशक्त रुपमा उठाउने विषयमा छलफल हुने बताइएको छ ।