
काठमाडौं, २५ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले धेरैजनाको योगदानले एमाले पार्टी आजको दिनसम्म आइपुगेको बताउनुभएको छ ।
एमाले ओखलढुंगाको ११औँ जिल्ला अधिवेशन उद्घाटनका लागि आज ओखलढुंगा पुग्नुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले अगाडि बढ्ने क्रममा चूनौति, अप्ठ्याराहरू आउने, आफ्नैबीचमा पनि असमझदारी हुन सक्ने बताउनुहुँदै त्यो असमझदारी, अन्तरविरोधलाई समाधान गर्ने नयाँ सामर्थ्य आवश्यक हुने बताउनुभएको हो । त्यो सामर्थ्य आर्जन गरेरमात्रै फेरि अगाडि बढ्न सकिने र आज एमाले त्यही ठाउँमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
ओखलढुंगा जिल्लामा नयाँ ढंगले समझदारी, समन्वय गर्नुपर्ने, नेता कार्यकर्ताबीच विश्वासको वातावरण बनाउनुपर्ने आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । पार्टीमा पूर्वदेखि पश्चिम सम्मका सबै समर्पित भएर लाग्दा पनि व्यवस्थीत ढंगले उचाइमा पुर्याएर नयाँ ढंगले समन्वय गर्नुपर्ने आवश्यकता रहेको र यो आवश्कता नेता कार्यकर्ताले मात्रै पूरा गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
नेता कार्यकर्ताले उच्चस्तरको समझदारी देखाउने वित्तिकै एमाले नयाँ उचाईमा पुग्ने र नयाँ जित सुनिश्चित हुने उहाँको धारणा छ ।







प्रतिक्रिया