२९ असार २०८३, सोमबार

गण्डकीमा मुख्यमन्त्री अधिकारीसहित दुईजना मन्त्रीले लिए शपथ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै शपथ लिनुभएको छ ।

मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले पनि शपथ लिनुभएको छ । अधिकारीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

एमाले संसदीय दल नेता अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । अधिकारीलाई नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।