३० असार २०८३, मंगलबार

पछिल्लो निर्वाचन प्रणालीमा राजनीतिक विचलन देखियो : गृहमन्त्री लामिछाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेको छ ।

आइतबार निर्वाचन आयोगको कार्यालयमा गृहमन्त्री लामिछानेसँग प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितले उपनिर्वाचनमा सुरक्षा व्यवस्थाको प्रबन्ध र निर्वाचनसम्बन्धी कानूनबारे छलफल गरेको हो ।

छलफलपछि आयोगको कार्यालयबाट बाहिरिँदै गृहमन्त्री लामिछानेले निर्वाचनलाई सही ढंगले लिएर जाने विषयमा छलफल जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो निर्वाचन प्रणालीमा राजनीतिक विचलन देखिएको छ । जसका कारण प्रभाव परेको छ । यसलाई सुधार कसरी गर्न सकिन्छ भन्ने कुरामा अत्यन्त प्रभावकारी बनाउने कुरा निर्वाचन आयोगले राखेको छ ।’

निर्वाचन र राजनीतिक दलहरु सम्बन्धी कानूनहरू ऐनमा समावेश गर्न सकिए दलहरूको चरित्र र सरकारको काम कारबाहीकाविषयमा कोसेढुंगा सावित हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यदी हामीले राजनीतिक दलसम्बन्धी कानूनको कुरा र निर्वाचन आयोगसम्बन्धी कानूनको कुराहरूको व्यवस्था यदी कानूनमै गर्न सकियो भने निर्वाचनमा जुन अपेक्षा गरिएको छ । राजनीतिकदलहरूको चरित्रकाविषयमा र त्यसबाट प्रेरित भएर सरकार कसरी अगाडि बढिरहेको भन्ने विषयमा यो एकदमै कोसेढुंगा सावित हुनेछ ।’

महत्वपूर्ण विषयमा निर्वाचन आयोगसँग छलफल भएको बताएका उहाँले यी विषयहरूलाई विधेयकमा समावेश गरी छिट्टै नै सदनमा लगिने बताउनुभयो । आउँदो बैशाख १५ गते हुने बझाङ र इलामको उपनिर्वाचनलाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्न गृह मन्त्रालय लागि पर्ने प्रतिवद्धता जनाउनुभयो ।