२० असार २०८३, शनिबार

लुम्बिनीका मुख्यमन्त्री महराद्वारा तीनजना मन्त्री नियुक्त

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ ।

उहाँले तीनजनालाई मन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री महराले माओवादी केन्द्रबाट दीपेन्द्र पुन, एमालेबाट चेतनारायण आचार्य र जसपाबाट भण्डारीलाल अहिरलेलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराउनुभएको छ । त्यसअघि आजै नवनियुक्त मुख्यमन्त्री महराले पनि शपथ लिनुभएको थियो ।