
पोखरा, २५ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । अधिकारीले आज बिहान एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा दावी पेश गर्नुभएको थियो ।
नवनियुक्त मुख्यमन्त्री अधिकारीको सपथ दिउँसो ३ बजेका लागि तोकिएको छ ।








प्रतिक्रिया