२७ असार २०८३, शनिबार

रिटर्नी फेडेरेशन थाहाको अध्यक्षमा रामचन्द्र खत्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २४ चैत । नेकपा (एमाले) निकट रिटर्नी फेडेरेशन नेपाल थाहा नगर कमिटीको अध्यक्षमा रामचन्द्र खत्री सर्वसम्मत चयन हुनुभएको छ ।

रिटर्नीको शनिबार सम्पन्न प्रथम नगर अधिवेशनले खत्रीको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सुमन भुजेल, सचिवमा रुपचन्द्र गोपाली उपसचिवमा संग्राम कार्की र कोषाध्यक्षमा श्रमिता महर्जन सर्वसम्मत हुनुभएको हो ।

कमिटीको सदस्यहरुमा सुनमाया थिङ, मिश्रथ कार्की, बलराम बर्तौला, हर्ष बहादुर मुक्तान, उकेश श्रेष्ठ, विष्णुहरि बर्तौला ‘डार्लिङ’, सुविन्द्रमान प्रधान र संजोक कार्की चुनिनुभएको छ ।

तदर्थ कमिटीका अध्यक्ष सुमन रायमाझीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि एमाले मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्य एवम् रिटर्नी फेडेरेशन नेपालका स्थायी कमिटी सदस्य जहर सिं लामाले अब मुलुक परिवर्तनका लागि रिटर्नीहरु एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

अधिवेशनमा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले आर्थिक र सामाजिक रुपान्तरणका लागि विदेशबाट फर्किएका युवाहरुले स्वरोजगारीमा ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । प्रधानेले रिटर्नीले मुलुक मै रोजगारीको अवस्था सिर्जना गराउन सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो ।

अधिवेशनमा रिटर्नी फेडेरेशन नेपालका केन्द्रीय सचिव नवराज घोरासाइनी, रिटर्नी बागमती प्रदेश अध्यक्ष हेम राईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

अधिवेशनमा एमाले नगर सचिव सुजन कुमार रायमाझी, रिटर्नी केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज सोम प्रसाद चौलागाई, केन्द्रीय लेखा आयोग सदस्य युवराज बर्तौला, बागमती प्रदेश उपाध्यक्ष रामेश्वर गोपाली, मकवानपुर जिल्ला उपाध्यक्ष सविन केसी, एमाले जिल्ला पर्यटन विभाग सदस्य नवराज कार्कीलगायतको आतिथ्यता थियो ।