
काठमाडौं, २३ चैत । बैतडीका पत्रकार कृष्ण बिष्ट विहीबार राति कार्यालयमा काम गरिरहनुभएको थियो । त्यही बेला बैतडीको सुर्नयाबाट खोडपे गईरहेको से २ त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी सिंह राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको समाचार आयो ।
दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । जसमा एकजना ट्रयाक्टर चालक राजेश चौधरीको मृत्यु भएको थियो भने अर्का एकजनाको परिचय खुल्न सकेको थिए । दुर्घटना हुँदा रातको करिब ११ बजिसकेको थियो ।
समाचार पाउना साथ विष्टले समाचार बनाउनुभयो, रेडियोमा पढ्नुभयो । समाचार पढिसकेपछि मोटरसाइकलमा रिर्पोटिङका लागि आफैँ दुर्घटनास्थल पुग्नुभयो । जब घटनास्थल पुग्नुभयो उहाँ छाँगाबाट खसेजस्तै हुनुभयो । किनकी मृत्यु हुनेमा उहाँको बुबा पनि हुनुहुन्थ्यो ।
उहाँले रेडियोमा जसको सनाखत हुन सकेको छैन भनेर समाचार वाचन गर्नुभयो, लेख्नुभयो उहाँ विष्टकै बुबा हुनुहुन्थ्यो । दुर्घटनामा उहाँको ५५ वर्षीय बुबा मन्धीर विष्टको पनि निधन भइसकेको थियो ।
घटनास्थल पुग्दा आफ्नै बुबाको शव देखेपछि उहाँलाई सम्हाल्न गा¥हो भइरहेको उहाँका सहकर्मीले जानकारी दिनुभयो ।








प्रतिक्रिया