७ श्रावण २०८३, बिहिबार

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।

शुक्रबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । महरा लुम्बिनीको पाचौँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

महराले आज बिहान ४८ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो ।

अल्पमतमा परेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले हिजो मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।