
काठमाडौं, २३ चैत । धनगढीबाट काठमाण्डौं आउँदै गरेको श्री एयरलाइन्सको जहाज पोखरामा आकस्मिक अवतरण गराइएको छ ।
जहाजसमा समस्या आएपछि पोखरा डाइभर्ट गराएर आकस्मिक अवतरण गरिएको हो । धनगढीबाट आज (शुक्रबार) बिहान १० बजे उडेको जहाजको इन्डिकेसनमा समस्या आएको थियो ।
जहाजलाई काठमाडौं ल्याउन असम्भव देखिएपछि नजिकै पर्ने पोखरा डाइभर्ट गरिएको थियो । अहिले जाहाज पोखरामै रहेको बताइएको छ ।
श्री एयरका जहाजमा यसअघि पनि पटक पटक समस्या देखिँदै आएको छ ।








प्रतिक्रिया