
काठमाडौं, २३ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेबिना नेपालको कल्पना गर्न नसकिने बताउनुभएको छ ।
आज एमाले कास्कीको ११औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष ओलीले एमाले बिनाको नेपाल हुन नसक्ने बताउनुभएको हो ।
‘कसैले एमालेबिनाको नेपाल भने कठै बरै । माया लाग्छ एमालेबिनाको नेपाल’, उहाँले भन्नुभयो । यस्तै अध्यक्ष ओलीले अझै २० वर्ष पार्टीमा अरू कसैले आश नगर्दा हुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘कसैले केपी ओलीबिनाको एमाले भने दया लागेर आउँछ । केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला । मैले पोहोर परार भनेको थिए । जुँगा कालाकाला भएका छन् । मेरो सबै कपाल झरेको थियो । अहिले कपाल पलाउन थालेको छ। रोपेको होइन आफैले पलाउन थालेको छ । अस्ति नै मैले भने २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ ।’








प्रतिक्रिया