२ श्रावण २०८३, शनिबार

सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन उच्च अदालतको आदेश

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । क्रिकेटर सन्दीप लामिछानेको मुद्वामा उच्च अदालत पाटनले झगडिया झिकाउन आदेश दिएको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले झगडिया झिकाउन आदेश दिएको हो ।

बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंले सन्दीप दोषी ठहर गरेपछि उहाँ जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुग्नुभएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले उहाँलाई ८ वर्ष कैद र ३ लाख जरिवानाको फैसला सुनाएको थियो। सन्दीपले उक्त फैसला बदरको माग गर्नुभएको छ ।