
काठमाडौं, २३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दावी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाउनु भएको छ ।
उहाँले आज प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसदको हस्ताक्षर बुझाउनुभएको हो । उहाँलाई एक स्वतन्त्रसहित ४४ जना सांसदको समर्थन छ ।
अल्पमतमा परेपछि डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।









प्रतिक्रिया