शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

कति छ राहुल गान्धीको सम्पत्ति ?

दैनिक नेपाल २०८० चैत २३ गते ८:२६

काठमाडौं, २३ चैत । भारतीय नेशनल कांग्रेसका पूर्वअध्यक्ष तथा लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सीटबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै केरलाको वायनाड सीटबाट चुनाव लड्नुभएको थियो ।

अमेठीमा राहुलले भाजपाकी स्मृति इरानीसँग हार बेहोर्नुभएको थियो भने वायनाडबाट विजयी हुनुभएको थियो । राहुलले यसपटक अमेठीबाट चुनाव लड्ने कि नदिने भन्ने अझै स्पष्ट हुुनुभएको छैन् । गत निर्वाचनमा उहाँले भाजपाका पीपी सुनीरलाई चार लाख मत अन्तरले पराजित गर्नुभएको थियो । यस सिटमा अप्रिल २६ मा मतदान हुँदैछ ।

राहुल गान्धीको चुनावी शपथपत्रमा धेरै जानकारी बाहिर आएको छ । उहाँले सम्पत्ति विवरणसमेत सार्वजनिक भर्नुभएको छ ।

राहुलले आफ्नो नाममा कुनै पनि सवारी साधन नभएको प्रतिज्ञापत्रमा बताउनुभएको छ। राहुल गान्धीले आफ्नो शपथपत्रमा विगत ५ वर्षमा ६ करोड भारु रुपैयाँ आम्दानी गरेको उल्लेख गर्नुभएको छ । हलफनामामा राहुलले आफ्नो कुल सम्पत्ति २०.३९ करोड भारु रहेको बताउनुभयो । यसअघि सन् २०१९ मा उहाँले १५.८८ करोड रुपैयाँ घोषणा गर्नुभएको थियो ।

शपथपत्रका अनुसार राहुल गान्धीसँग ५५ हजार रुपैयाँ नगद र २६।२५ लाख रुपैयाँ दुई बैंक खातामा जम्मा छ ।

त्यस्तै राहुलले आफूसँग २५ कम्पनीको शेयर किनेको र त्यसमा ४.३३ करोड रुपैयाँ जम्मा गरेको बताउनुभएको छ । यसबाहेक सात म्युचुअल फण्डमा ३.८१ करोड र करिब १५ लाख बराबरको सुनको ऋणपत्र रहेको उल्लेख गर्नुभएको छ ।

हलफनामा अनुसार राहुल गान्धीले ६१.५२ लाख रुपैयाँ बीमा जम्मा गर्नुभएको छ । उहाँसँग ४.२० लाखको सुन र अन्य प्रकारका गरगहना छन् । यसरी राहुलको कुल चल सम्पत्ति ९.२४ करोड रुपैयाँ बराबरको रहेको छ ।

हलफनामाका अनुसार गान्धीसँग करिब ११ करोड १५ लाख रुपैयाँको अचल सम्पत्ति छ । राहुलले दिदी प्रियंका गान्धीसँग मिलेर दिल्लीको महरौलीको सुल्तानपुर गाउँमा दुईवटा कृषि जग्गा लिएको बताउनुभएको छ, जसमा उहाँको आधा सेयर छ । प्रतिज्ञापत्र अनुसार यसको हालको बजार मूल्य २ करोड १० लाख भारु रहेको छ ।

यसबाहेक राहुलको नाममा गुरुग्राममा ५ हजार ५३८ स्क्वायर फिटको अफिस स्पेस छ, जसको हालको मूल्य करिब ९ करोड रुपैयाँ छ ।

हलफनामामा राहुल गान्धीले आफूले सन् १९८९ मा सीबीएसईबाट १२ कक्षा पास गरेको बताउनुभयो । त्यसपछि उहाँले सन् १९९४ मा अमेरिकाको फ्लोरिडाको रोलिन्स कलेजबाट ब्याचलर अफ आर्ट्स गरेको भन्नुभयो भने उहाँले सन् १९९५ मा क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजबाट विकास अध्ययनमा एमफिल गरेको बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित