मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बससेवाले ल्यायो नयाँ वर्षका लागि ‘८१ सालमा एक्कासी अफर’

दैनिक नेपाल २०८० चैत २२ गते १९:३९

काठमाडौं, २२ चैत । नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ‘८१ सालमा एक्कासी अफर’ सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बससेवामार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् ।

यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन् ।

यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ । विजेताहरुको नाम गोलाप्रथाबाट चयन गरिनेछ र गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेशबुक पेजबाट गरिनेछ ।

नयाँ वर्षको अफर बारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले भन्नुभयो ‘आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उदेश्यले हामीले यो अफर सार्वजनिक गरेका हौँ, यो अफर अन्तर्गत केही यात्रुलाई भएपनि राहत पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’

बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ । साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

हाल दैनिक ३ हजार भन्दा बढी यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएका कम्पनीले जनाएको छ ।

बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उदेश्यले राजधानी काठमाडौंको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्जसमेत सञ्चालनमा ल्याएको छ । सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्बाट सिधै बस चढ्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित