२५ असार २०८३, बिहिबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा बुझाउनुभएको हो । सत्ता समीकरण परिवर्तनसँगै मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका आशमा रहनुभएका शाहले नाउपाबाट पनि विश्वासका मत नपाउने देखेपछि राजीनामा गर्नुभएको हो ।

आज दिउँसो ३ बजे प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो तर पटक–पटक बैठक सारिएको थियो। अन्तिममा पनि विश्वासको मत नपाउने अवस्था भएपछि मुख्यमन्त्री शाहले साढे ६ बजे प्रदेश प्रमुखको निवास पुगेर राजीनामा बुझाउनुभयो ।