३० असार २०८३, मंगलबार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । सरकारले श्रम अदालतको मुकाम काठमाडौं उपत्यकामा रहने तोक्ने सहितका निर्णयहरु गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कानून मन्त्रालयको प्रस्तावमा सो निर्णय गरिएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकरी दिनुभयो ।

त्यसैगरी सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरीका प्रा.डा. पशुपति चौधरी र सदस्य पदमा सिराहाका वीरेन्द्रप्रसाद यादवलाई नियुक्त निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तै सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको सदस्य पदमा झापा निवासी डा. ज्ञानेन्द्र सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।