१६ असार २०८३, मंगलबार

लुम्बिनीमा नयाँ सत्ता समीकरणका दलबीच पाँच बुँदे सहमति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २२ चैत । लुम्बिनीमा नयाँ सत्ता समीकरणमा रहेका दलहरुबीच सरकार गठन बारे सहमति भएको छ । लुम्बिनी प्रदेशमा रहेका चार दल र एक स्वतन्त्र सांसदबीच विहिबार पाँच बुँदे सहमति भएको हो ।

सहमतिपत्रमा एमाले संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा, जसपाका नेता भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी) का भगवती अधिकारी र स्वतन्त्र सांसद खड्ग बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिमा लुम्बिनीमा माओवादीका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने, प्रदेशमा हुने राजनीतिक नियुक्तिमा सबै दलको अपनत्व हुने गरी गर्ने लगायतका सहमति गरिएको छ ।