१८ असार २०८३, बिहिबार

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज राजीनामा दिने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिने हुनुभएको छ । आज अपराहन्न ४ बजे बोलाइएको लुम्बिनी प्रदेशसभा बैठकमा सम्बोधनपछि चौधरीले राजीनामा दिने तयारी गर्नुभएको हो ।

केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले विश्वाशको मत पाउने सम्भावना नदेखेपछि राजीनामा गर्ने तयारी गर्नुभएको हो । प्रदेश राजधानी दाङको राप्तीमा दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सम्बोधन गर्दै राजीनामा दिने बताइएको छ ।

गत बैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बन्नुभएका चौधरी ११ सांसद रहेको नेकपा माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा हुनुहुन्छ ।

८६ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, जसपा, राप्रपा र लोसपाको ३(३ तथा एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र सांसदको १/१ सिट रहेको छ । बहुमतको लागि ४४ मत आवश्यक पर्दछ ।

नयाँ गठबन्धन एकजुट भए सरकार बनाउन एक सांसदको कमी रहन्छ । नयाँ सत्ता समीकरणमा लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।