२ श्रावण २०८३, शनिबार

इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसले इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सभापति देउवा यसअघिदेखि नै खड्कालाई उम्मेदवार बनाउने अडानमा हुनुहुन्थ्यो । शेखर कोइरालाले भेषराज आचार्यलाई उम्मेदवार बनाउने अडान राख्दा सहमति जुट्न सकेको थिएन ।

तर अन्तत: कोइराला पनि खड्कालाई नै उम्मेदवार बनाउन तयार हुनुभएको हो ।