शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

मेटामा प्राविधिक गडबडी, फेसबुक र इन्स्टाग्राम एक घण्टा डाउन

दैनिक नेपाल २०८० चैत २२ गते १०:१९

काठमाडौं, २२ चैत । मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भएका थिए । तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।

बुधबार राति अबेरसम्म विश्वभरका हजारौं प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या आएको थियो । मेटामा आएको समस्या करिब एक घण्टासम्म रहेको थियो ।

वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजार भन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका छन् ।

व्हाट्सएपले एक्समा जानकारी दिँदै भन्यो, ‘हामीलाई थाहा छ कि केही व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन् । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौँ ।’

यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित