१ श्रावण २०८३, शुक्रबार

चेतन ऐडीको हत्या आरोपमा थप नौजना जेल चलान

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । बाजुराका चेतन ऐडीको हत्या आरोपमा थप नौ जना कारागार चलान भएका छन् ।

जिल्ला अदालत बाजुराले ३३ वर्षीय मोहन बहादुर अयडी, ३३ वर्षीय नर अयडी, २२ वर्षीय लोकेश अयडी, नरेश अयडी, २५ वर्षीय मंगल अयडी, २७ वर्षीय नविन अयडी, २३ वर्षीय जीवन अयडी, ३२ वर्षीय उद्धव अयडी र ४५ वर्षीय पदम बहादुर अयडी पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता ऐडीको गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा हत्या भएको थियो । यस्तै अदालतले तीनलाई धरौटीमा रिहा गरेको छ ।

धरौटीमा रिहा हुनेमा ३८ वर्षीया अनिता रौले अयडी, ३६ वर्षीया धनादेवी अयडी र ३२ वर्षीया ईश्वरादेवी अयडी रहनुभएको छ । घटनाका ६ जना यसअघि नै पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।