११ असार २०८३, बिहिबार

गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले संसदीय अराजकता मच्चाएको एमालेको आरोप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली कांग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि कांग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्याएको बताउनुभयो ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले कांग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए।

प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनि काँग्रेसलाई प्रश्न समेत गर्नुभयो ।