
काठमाडौं, २१ चैत । वैबाहिक बलात्कारको आरोप खेपिरहनुभएका न्यायाधीस भुवन गिरीलाई थुनामा राख्न अदालतले आदेश दिएको छ ।
आज सर्वोच्च अदालतले गिरीलाई थुनामै राख्नु आदेश दिएको हो । गिरीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै उहाँकी श्रीमती आरती रावलले मुद्वा दायर गर्नुभएको थियो ।
जसमा जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेस दिएको थियो । यस्तै उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेपछि आरती सर्वोच्च अदालत पुग्नुभएको थियो ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो।
आजको सुनुवाई चलिरहँदा आरतीले इजलासमै विष पिउनुभएको थियो ।








प्रतिक्रिया