९ असार २०८३, मंगलबार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ ।

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो ।  उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि सो पद खाली रहँदै आएको थियो ।

उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो  ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।