४ असार २०८३, बिहिबार

नाउपाकी अध्यक्ष रञ्जिताद्वारा श्रीमान पक्षधर गिरीलाई सांसद पदबाटै बर्खास्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।

पार्टी अध्यक्ष रञ्जिता चौधरीले श्रीमान पक्षधर नेताहरूलाई धमाधम कारबाही गरिरहनुभएको छ । यसैबीच रञ्जिताले पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहनुभएकी इन्दिरा गिरीलाई सांसद पदबाटै हटाउनुभएको छ ।

उहाँले आज गिरीलाई सांसद पदबाट बर्खास्त गर्नुभएको हो । समानुपातिक सांसद गिरीलाई पदबाट बर्खास्त गरिएको पत्र रञ्जिताले प्रदेश सभामा पठाउनुभएको छ । पार्टीको निर्णयविरूद्व सरकारमा सहभागी भएको भन्दै उहाँलाई कारबाही गरिएको हो ।

सुदूरपश्चिम सरकारमा नाउपाका पाँचजना मन्त्री हुनुहुन्थ्यो । जसमा गिरीलाई मात्रै कारबाही गरिएको छ । अन्य चारजनालाई भने कारबाही भएको छैन ।

पार्टीको निर्णय विपरित पार्टीका संरक्षकसमेत रहनुभएका रेशम चौधरीले उहाँहरूलाई सरकारमा पठाउनुभएको थियो ।